“जनमैत्री र दिगो पुर्वाधार, कृषि,उधोग र पर्यटन समृद्घिको आधार"

महेन्द्रनगर स्थित नेपाली सेनाको गोरखनाथ गण र क्षीरेश्वरनाथ नगरपालिकाकोे संयुक्त आयोजनामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविर

महेन्द्रनगर २१ माघ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. ११ दिगम्बरपुरमा आज स्वास्थ्य शिविर आयोजना गरेको छ । महेन्द्रनगर स्थित नेपाली सेनाको गोरखनाथ गण र क्षीरेश्वरनाथ नगरपालिकाकोे संयुक्त आयोजनामा दिगम्बरपुरको माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा यौन रोग, बाल रोग, हाडजोर्नी नसा, आँखा, तथा सामान्य रोगका महिला ३२३ र पुरुष ३१८ गरी जम्मा ६४१ जना विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा बालरोग विशिषेज्ञ अभय मण्डल, स्त्रिी तथा यौन रोग डा. रहना बानु, नसा तथा हाडजोर्नी अनिल कुमार ठाकुर, आँखा डा. विजय कुमार साह, सामान्य उपचारमा क्रमश डा. बिजय भुसन दत, डा. दिपेन्द्र थापा, डा. जितेन्द्र यादव र प्रयोगशालामा डा. अशोक कुमार यादव, डा. मनोज कुमार पाण्डे लगायतका चिकित्सकहरुको सक्रियतामा विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । निःशुल्क जाँचको साथै औषधी समेत वितरण गरिएको उक्त शिविर संचालनमा धनुषा कबडी खो खो एकेडेमी महेन्द्रनगर र सामुदायिक समाज युवा क्लव दिगम्बरपुरले समेत सहयोग गरेको थियो । उक्त अवसरमा गणको बाहिनी पती सहायक रथी प्रदिप कुमार अधिकारी, प्रमुख सेनापती सुरेश कुमार कार्की, क्षीरेश्वरनाथ नगरपालिका कार्यालय प्रमुख उमेश कुमार यादव , खो खो एकेडमीको अध्यक्ष केवल राउत, जगी महतो लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । विष्तृतको लागि लिंकमा क्लिीक गर्नुहोस् ।विष्तृतको लागि लिंकमा क्लिीक गर्नुहोस् । http://www.shirishnews.com/2016/02/4.html