“जनमैत्री र दिगो पुर्वाधार, कृषि,उधोग र पर्यटन समृद्घिको आधार"

संक्षिप्त परिचय

नेपालको तराईमा रहेका जिल्लाहरुमध्ये संघीय गणतन्त्र नेपालको प्रदेश नं. २ मा अवस्थित धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका मिती २०७१ बैशाख २५ गते नेपाल सरकार द्धारा घोषणा गरिएको ७२ नगरपालिका मध्ये एक हो । धनुषा जिल्लाको उत्तरमा अवस्थित ५०.८५ वर्ग कि.मि. क्षेत्रफल रहेको क्षिरेश्वरनाथ नगरपालिकामा साविकका रम्दैया भवाडी, हरिहरपुर, सखुवा महेन्द्रनगर, दिगम्बरपुर र गोलापुर गाँउ विकास समितिलाई समायोजन गरी गठन गरिएको छ । यो नगरपालिका आर्थिक सामाजिक, सांस्कृतिक, शैक्षिक हिसाबले विकसीत नगरपालिकाको रुपमा चिनिन्छ । साविकको ५ वटा गाविसलाई समायोजन तथा विभाजन गरी जम्मा हालको १० वटा वडा मार्फत नागरिकहरुलाई सेवा सुविधा प्रदान गरीदै छ । यस क्षिरेश्वरनाथ नगरपालिकाको जनसंख्या २०६८ सालको जनगणना अनुसार ४८,८१३ (पुरुष  २४७७२,  महिला  २४०४१) रहेको देखिन्छ । 

                                                                                                                                         यस नगरपालिकामा समायोजन गरिएको साविकको ५ वटा गाविसमध्ये साविक रम्दैया भवाडी  गाविसलाई विभाजन गरी हालको १ नं. र २ नं. वडा बनाईएको छ भने साविकको  सखुवा महेन्द्रनगर गाविसलाई विभाजन गरी हालको ३ नं., ४ नं., ५ नं. र ६ नं. वडा बनाईएको छ, साविकको हरिहरपुर गाविसलाई विभाजन गरी हालको ७ नं. वडा बनाईएको छ, साविकको दिगम्बरपुर गाविसलाई विभाजन गरी हालको ८ नं., र ९ नं. वडा बनाईएको छ, साविकको गोपालपुर गाविसलाई विभाजन गरी हालको १० नंं. वडा वनाईएको छ ।  यस नगरपालिकाको भौगोलिक सिमाना पूर्वमा धनुषाधाम नगरपालिका र मिथिला बिहारी नगरपालिका , पश्चिममा बटेश्वर गाउँपालिका , उत्तरमा मिथिला नगरपालिका र बटेश्वर गाउँपालिका , दक्षिणमा लक्ष्मीनिया गाउँपालिका रहेको छ । यस नगरपालिकाको भौगोलिक फैलावट अक्षाशः– २६°४७’२२” उत्तरदेखी २६°५४’३०”उत्तर सम्मको बिचमा देशान्तरः– ८७°५५’३२” पूर्वदेखी ८७°०’३५” पूर्वसम्मको  बिचमा रहेको छ ।